महत्वपूर्ण सबै प्रावधान पारित

महत्वपूर्ण सबै प्रावधान पारित
काठमाडौं: नयाँ संविधानका सबै धाराहरु आज बेलुकासम्म पारित हुनेछन्। संविधानसभाले बुधबार पौनै एक बजेसम्म २४२ धारा पारित गरिसकेको छ। मंगलबार साँझसम्म १७६ धारा पारित भएका थिए। कुल तीन सय दुई धारामध्ये अब ६० धारा मात्रै बाँकी छन्।

बुधबार साढे दस बजेदेखि नै मतदान भइरहेको छ। राति अबेरसम्म बसेर भए पनि धारामाथिको मतदान बुधबार नै सकाउने योजनाअनुसार संविधानसभा सचिवालयले कार्यसूची तय गरेको छ।बीचमा केही प्राविधक,अभिलेखीकरण तथा मुद्रणको काम सकेर असोज ३ गते संविधानसभाले नयाँ संविधान पारित गर्नेछ।

संविधानसभाले नयाँ संविधानका महत्वपूर्ण भाग र धारा पारित गरिसकेकाे छ। सात प्रदेशको खाकासहित संघीयता, संवैधानिक राष्ट्रपतिसहितको संसदीय प्रणाली, दुई सदनात्मक व्यवस्थापिका, तीन तहको न्यायालय र प्रादेशिक व्यवस्थापिका तथा सरकार गठनसम्बन्धी महत्वपूर्ण धारा मंगलबार पारित भएका हुन्।

SOURCE :

– See more at: http://annapurnapost.com/News.aspx/story/19171#sthash.4syXWQ4Q.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s